२०८२ भदौ २५ गते
काठमाडौँ । नेपाली सेनाले जेनजीलाई वार्ताका लागि नाम लिएर आउन गरेको आग्रहमा जेनजीहरुले बैठकमार्फत शुसिला कार्कीलाई सहमति जनाएका छन् ।
जेनजीले सहजीकरणमा हुन लागेको वार्तामा अभिभावकत्व लिइदिनका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आग्रह गर्दै प्रधानसेनापति समक्ष जाने तयारी गरेका हुन् ।
यसअघि धेरै समूहमा बाँडिएका जेनजीको छलफलपछि सुशीला कार्कीलाई आग्रह गर्ने समझदारी बनेको हो।
उनीहरूको भर्चुअल छलफलहरूमा सुशीला कार्कीहरूलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गरिदिन पनि आग्रह गर्नुपर्ने आवाजहरू उठेका छन्।
प्रतिक्रिया