सुन्धाराको कारागारबाट ३ हजार बढी कैदी फरार,टोपबहादुर पनि भागे

२०८२ भदौ २५ गते

सुन्धाराको कारागारबाट ३ हजार बढी कैदी फरार,टोपबहादुर पनि भागे

काठमाडौं । जेनजी आन्दोलनका नाउँमा घुषपैठ गर्नेहरुले रवि लामिछानेलाई नख्खु कारागारबाट भगाएपछि यतिखेर देशभरीका कारागारबाट कैदी भाग्ने र भगाउने काम गरिरहेका छन् । यसै क्रममा मंगलबार राति काठमाडौँ लगायत देशैभरीका कारागारबाट कैदीहरु भागिरहेको समाचार प्राप्त भैरहेका छन् । मंगलबार राति केन्द्रीय कारागार सुन्धाराबाट ३ हजारभन्दा बढी कैदी फरार भएका छन् ।

यसरी फरार हुनेमध्ये नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्वमन्त्री टोबहादुर रायमाझी पनि रहेको जनाइएको छ ।राति १० बजेतिर सुन्धारास्थित कारागारमा तोडफोड भएको थियो ।भागेका मध्ये केही कैदीबन्दी भने कारागार फर्कन थालेका छन् ।

Advertisement:

Ad
Ad

यता डिल्लिबजार कारागारबाट पनि कैदीहरु भाग्न प्रयास गरिरहँदा सेनाले रोकेको छ । कैदीहरुले रवि लामिछानेलाई छुटाउने हामी किन नछुट्ने भन्दै प्रश्न गरिरहेका छन् ।