सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शेयरधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

२०८२ मंसिर २६ गते

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शेयरधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने निर्णय गरेको हो।

Advertisement:

Ad
Ad

यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सम्बन्धित शेयरधनीहरूमा वितरण गरिने कम्पनी सचिव सुदर्शन आचार्यले जानकारी दिएका छन्।