सेयर बजारले समात्यो लय, ३१.५४ अंकले बढेर बन्द भयो बजार

२०८३ कात्तिक १२ गते

सेयर बजारले समात्यो लय, ३१.५४ अंकले बढेर बन्द भयो बजार

काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० बिन्दुमा पुगेको हो । 


नेप्सेका अनुसार १८१ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

Advertisement:

Ad


बिहीबार ३५० कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

 

साथै सिद्धार्थ बैंकको २५ करोड, लक्ष्मी सनराइजको २४ करोड र कुमारी बैंकको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बेनी हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।


नेप्सेमा कारोबार भइरहेका सबै उपसूचकमा वृद्धि भएको छ । बिहीबार होटल तथा पर्यटन उपसूचक सबैभन्दा धेरै २.०५ प्रतिशतले बढेको छ ।नेप्सेका अनुसार होटल तथा पर्यटन उपसूचक १४२.३९ अंकले बढेर ७ हजार ७८.६१ विन्दुमा पुगेको छ । त्यस्तै, बैंकिङ उपसूचक ३६.२० अंकले बढेर १ हजार ६१८.२२ विन्दुमा कायम भएको छ ।

विकास बैंक उपसूचक ८५.११ अंकले बढेर ५ हजार ५६४.८७ विन्दुमा पुगेको छ भने वित्त उपसूचक ३७.७० अंकले बढेर २ हजार २५८.९७ विन्दुमा पुगेको छ ।

जलविद्युत् उपसूचक १३.४४ अंकले बढेर ३ हजार ७१८.१५ विन्दुमा पुगेको छ । लगानी उपसूचक ०.२३ अंकले बढेर ९६ विन्दुमा कायम भएको छ ।

 

जीवन बिमा उपसूचक ८२.७८ अंकले बढेर १२ हजार ८६.४६ विन्दुमा पुगेको छ । उत्पादन तथा प्रशोधन उपसूचक ५५.७० अंकले बढेर १० हजार ७७१.३६ विन्दुमा कायम भएको छ ।

 

त्यस्तै, लघुवित्त उपसूचक २४.५२ अंकले बढेर ४ हजार ५५६.४९ विन्दुमा पुगेको छ । सामूहिक लगानी कोष उपसूचक ०..०४ अंकले बढेर १९.९८ विन्दुमा कायम भएको छ ।

 

निर्जीवन बिमा उपसूचक १२.८६ अंकले बढेर ९ हजार ५५९.९४ विन्दुमा पुगेको छ भने अन्य उपसूचक ४३.९३ अंकले बढेर १ हजार ८३०.६९ विन्दुमा पुगेको छ । व्यापार उपसूचक पनि ०.९७ अंकले बढेर ३ हजार २०१.८० विन्दुमा कायम भएको छ ।

 

प्रतिशतका आधारमा अन्य उपसूचक २.४५ प्रतिशतले बढेको छ । त्यसपछि बैंकिङ उपसूचक २.२८ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २.०५ प्रतिशतले बढेका छन् । व्यापार उपसूचकमा भने सबैभन्दा कम ०.०३ प्रतिशतको वृद्धि देखिएको छ ।