नेपाल बैंकका सम्पूर्ण सेवा साढे ७ घण्टा बन्द हुँदै, यस्तो सूचना

२०८३ कात्तिक १२ गते

नेपाल बैंकका सम्पूर्ण सेवा साढे ७ घण्टा बन्द हुँदै, यस्तो सूचना

काठमाडौं । नेपाल बैंकले शाखा समायोजनसम्बन्धी प्राविधिक काम गर्ने भएकाले आफ्ना सम्पूर्ण बैंकिङ सेवा अस्थायी रूपमा बन्द गर्ने भएको छ ।

बैंकले तथ्याङ्क स्थानान्तरण (डाटा माइग्रेसन) गर्नुपर्ने भएकाले कात्तिक १३ गते शुक्रबार राति ११ः३० बजेदेखि कात्तिक १४ गते शनिबार बिहान ६ः३० बजेसम्म सेवा बन्द गर्न लागेको हो ।

Advertisement:

Ad

उक्त अवधिमा बैंकबाट प्रवाह हुने सम्पूर्ण सेवा अवरुद्ध रहने बैंकले जनाएको छ । सेवा बन्द रहने समयमा ग्राहकले बैंकका नियमित सेवा उपयोग गर्न पाउने छैनन् ।

शाखा समायोजनसम्बन्धी कामलाई व्यवस्थित बनाउन तथ्याङ्क स्थानान्तरण गर्न लागिएको बैंकले स्पष्ट पारेको छ । प्राविधिक काम सम्पन्न भएपछि बैंकिङ सेवा पुनः नियमित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।

सेवा बन्द रहने अवधिमा आवश्यक बैंकिङ कारोबार प्रभावित हुन सक्ने भएकाले बैंकले ग्राहकलाई समयमै कारोबार सम्पन्न गर्न आग्रह गरेको छ । साथै, सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।