लक्ष्मी सनराइज बैंकले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

२०८३ कात्तिक १२ गते

लक्ष्मी सनराइज बैंकले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले  आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई  लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

Advertisement:

Ad

बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले  लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।