कविता सेयर गर्दै एमाले महासचिव पोखरेलले भने, 'हामी फेरी उठ्नेछौँ'

२०८२ भदौ २५ गते

कविता सेयर गर्दै एमाले महासचिव पोखरेलले भने, 'हामी फेरी उठ्नेछौँ'

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको अवस्थालाई पार गरेर आफूहरु फेरी एक दिन उठ्ने बताएका छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रतिकुल अवस्थामा संयमित बन्नुपर्ने बताएका छन् ।

कवि  नेत्रलाल अभागीको कविता सेयर गर्दै बुधबार बिहान फेसबुकमा भनेका छन्, ‘धैर्य गरौँ । संयमित बनौँ । हामी फेरि उठ्नेछौँ ।’

Advertisement:

Ad
Ad

जेनजी आन्दोलनका कारण मंगलबार एमाले अध्यक्ष केपी ओलीले राजीनामा दिएका थिएसँगै सरकार ढलिसकेको छ ।