२०८२ भदौ २५ गते
काठमाडौँ । नेपाली सेनाले कहिँ कतै अराजक या विध्वंसात्मक गतिविधि गरेको देखिएमा सर्वसाधारणलाई तत्काल फोन गर्न नम्वर दिएको छ । सेनाले जारी गरेको सुरक्षा अपडेटमा सर्वसाधारणलाई निम्न चारवटा सन्देश दिएको छः
कतै विध्वंसात्मक तथा अराजक गतिविधि देखिएमा तत्काल मोबाइल नम्बर ९८६३०२९०२९ मा ह्वाट्सएप वा भाइबरमा एसएमएस पठाई सहयोग माग्नसमेत सेनाले अनुरोध गरेको छ।
त्यसैगरि सुरक्षा निकाय पुग्नुअघि स्थानीय समुदायले एकजुट भई लुटपाटमा संलग्नहरुको निगरानी गर्ने र घटनाबारे सही सूचना आदानप्रदान गरी आफ्नो टोलछिमेक सुरक्षित राख्नसमेत सेनाले आह्वान गरेको छ।
केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत भ्रामक र अतिरञ्जित सूचना फैलाउन खोजेकाले यस्ता गतिविधिलाई बेवास्ता गरी केवल सही सूचना संप्रेषण गर्न पनि सेनाले आग्रह गरेको छ।
प्रतिक्रिया