सेनाको हेलिकप्टरबाट मन्त्रीहरुलाई भैंसेपाटी क्वार्टरबाट ओसारियो

२०८२ भदौ २४ गते

सेनाको हेलिकप्टरबाट मन्त्रीहरुलाई भैंसेपाटी क्वार्टरबाट ओसारियो

काठमाडौं । ललितपुरको मन्त्री क्वार्टरमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।

आगजनी भएपछि ललितपुरको भैँसेपाटीस्थित मन्त्री क्वाटरमा मन्त्रीहरुलाई रेस्क्यु गर्न तीनओटा सैनिक हेलिकप्टर पुगेको छ । 

Advertisement:

Ad
Ad

हिजोको आन्दोलनमा सरकारको दमनका कारण १९ जनाको मृत्यु भएपछि अहिले उनीहरुले नेता तथा उनीहरुको निवासमाथि आक्रमण बढाएका छन् । 

अहिले सुरक्षा निकायले सबै शिर्ष नेताहरुलाई सुरक्षित स्थानमा सारेका छन् ।