सेनाको प्रयोग गरेर ब्युँताइँदै हेटौँडा कपडा उद्योग

२०८३ असार २१ गते

सेनाको प्रयोग गरेर ब्युँताइँदै हेटौँडा कपडा उद्योग

काठमाडौँ । सरकारले नेपाली सेनाको प्रयोग गरेर विगत लामो समयदेखि ठप्प रहेको हेटौँडा कपडा उद्योग ब्युँताएको छ । २०६९ साल माघ १२ गतेको मन्त्रिपरिषद्को निर्णयबाट खारेजीमा गएको यस उद्योगलाई पुनः सञ्चालनका लागि सरकारले सेना प्रयोग गरेको हो ।

 

Advertisement:

Ad
Ad

अहिले सेना प्रयोग गरेर परीक्षण उत्पादन गर्न थालिएको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन गर्न नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ असार १८ गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको थियो ।

 

मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृतिसँगै उद्योग सञ्चालनका लागि आवश्यक आर्थिक स्रोतको समेत गर्जो टरेको छ । अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेकाले उद्योगको परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनाले सम्हालेको उद्योग सचिव कृष्णबहादुर राउतले बताए । उनका अनुसार सेनामार्फत परीक्षण उत्पादनको कार्य अहिले तीव्र रूपमा अघि बढिरहेको छ । 'नेपाल सरकारको स्वीकृति प्राप्त भएपछि अर्थ मन्त्रालयबाट बजेटको निकासा पनि भइसकेको छ। त्यसैले नेपाली सेनाबाट परीक्षण उत्पादनको कार्य अघि बढिरहेको छ,' राउतले भने । यस्तै सरकारले सात वटा रुग्ण उद्योग समेत चलाउने भएको छ ।

 

सरकारले हेटौँडा कपडा उद्योगबाहेक देशका अन्य बन्द तथा धराशयी बनेका उद्योगहरूको अवस्थाबारे पनि अध्ययन सुरु गरेको छ । पछिल्लो समय सरकारी स्वामित्वमा रहेका तर हाल बन्द वा रुग्ण अवस्थामा पुगेका सात वटा उद्योगहरूको सम्पत्ति तथा दायित्वको विस्तृत मूल्यांकन ९डीडीए० गर्ने काम भइरहेको छ । यी उद्योगहरूलाई आगामी दिनमा कसरी सञ्चालन गर्ने भन्ने कुरा डीडीए रिपोर्टमा निर्भर रहने सचिव राउतले बताए ।

 

डीडीएको रिपोर्ट प्राप्त भएपछि ती उद्योगहरूलाई कुन उपयुक्त मोडालिटी जस्तै:निजी-साझेदारी, सरकारी वा अन्य मा सञ्चालन गर्ने भन्नेबारे सरकारले ठोस निर्णय गरेर अगाडि बढ्ने रणनीति बनाएको छ ।