२०८२ भदौ २१ गते
बिराटनगर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल बन्द गर्न खोजेको नभई दर्ता मात्र गराउन खोजिएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सामाजिक सञ्जाललाई बन्द गर्ने नियत नभएको प्रतिक्रिया दिएका हुन् ।
फरक प्रसंगमा सभापति देउवाले संविधान संशोधन दलहरूको सहमतिमा मात्र सम्भव हुने स्पष्ट पारेका छन् ।दुई-तिहाइ बहुमत आवश्यक भएकाले कार्यदलमार्फत सबै दललाई साथमा लिएर संशोधन प्रक्रिया अघि बढाइने बताए।
देउवाले काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सालको चुनावसम्म चल्ने दाबी गरे। मन्त्रीहरूको कार्यसम्पादनबारे उठेका प्रश्नमा आफूलाई थाहा नभएको समेत उनले प्रतिक्रिया दिए।
प्रतिक्रिया