२०८२ भदौ २५ गते
काठमाडौँ । जेनजीको आन्दोलन भड्किएपछि मंगलबार राति १० बजेदेखि सेनाले सडक चोकमा गस्ती गरिरहेको छ ।
मंगलबार भएको जेन(जीन आन्दोलनका क्रममा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । भौतिक क्षतिसँगै अनावश्यक आगजनी र लुटपाट शुरु भएपछि सेना लगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।
सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।
प्रतिक्रिया