बीपी राजमार्ग र कान्तिलोकपथ बन्द,अरु सडकको के छ अवस्था ?

२०८३ साउन ०३ गते

बीपी राजमार्ग र कान्तिलोकपथ बन्द,अरु सडकको के छ अवस्था ?

काठमाडौं । बाढीपहिरोका कारण बीपी राजमार्ग र कान्तिलोकपथ बन्द भएको छ ।

कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरमा पहिरो खस्दा सवारी आवागमन रोकिएको छ । प्रहरीका अनुसार चापागाउँ हुँदै हेटौंडातर्फ जाने बाटो बन्द छ ।

Advertisement:

Ad
Ad


यस्तै बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा र रोशी खोलामा पानीको बहाव बढ्दा सवारी आवागमन पूर्णरुपमा रोकिएको छ । जोखिमका कारण काभ्रे हुँदै सिन्धुलीतर्फ जाने बाटोमा प्रहरीले सवारी साधनहरुलाई होल्ड गरेको छ ।

अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पहिरो जाँदा र भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा सडक भासिदा सवारी आवागमन प्रभावित भएको छ ।


पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा गएराति खसेको पहिरो भने हटाइएकाले दुईतर्फी नै सवारी साधन चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

नारायणगढ–मुग्लिन र मुग्लिन–काठमाडौं सडकखण्ड भने सुचारु रहेको छ ।