सरकारी संरचना प्रयोग गरेका उद्योगले बुझाए ४६ करोड बक्यौता,१० उद्योगको काटियो बिजुलीको लाइन

२०८३ साउन ०३ गते

सरकारी संरचना प्रयोग गरेका उद्योगले बुझाए ४६ करोड बक्यौता,१० उद्योगको काटियो बिजुलीको लाइन

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले रु ४६ करोडभन्दा बढी महसुल राज्य कोषमा दाखिला गरेका छन् ।

विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा रु ४६ करोड ८६ लाख दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिए।

Advertisement:

Ad
Ad

देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्योगका रु ८८ करोड बक्यौता थियो । यसैगरी सूचना अधिकारी सोडारीका अनुसार बक्यौता नबुझाएका १० उद्योगको बिजुलीको लाइन काटिएको छ ।