मैले दिएको प्रमाणका आधारमा सम्पत्ति छानबिन भए राधिका दासी विमानस्थलबाटै पक्राउ पर्छिन् : बेदिका केसी

२०८३ असार ३० गते

मैले दिएको प्रमाणका आधारमा सम्पत्ति छानबिन भए राधिका दासी विमानस्थलबाटै पक्राउ पर्छिन् : बेदिका केसी

काठमाडौं। राधिका दासीसँग जोडिएको विवाद फेरि सार्वजनिक बहसमा आएको छ। यसपटक बेदिका केसीले राधिका दासी, आफूले अघोषित श्रीमान् भनेर दाबी गरेका नकुल दुबे, राधिकाकी आमा रमा नेपाल, दाइ पंकज नेपाल तथा राधिका फाउन्डेसनसँग सम्बन्धित सम्पत्तिको विस्तृत छानबिन गर्न सरकारसँग माग गर्दै ढिलो नगर्न आग्रह गरेकी छिन् ।

 

Advertisement:

Ad
Ad

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केसीले आफूले सम्बन्धित निकायलाई उपलब्ध गराएको प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान भए धेरै तथ्य बाहिर आउने दाबी गरेकी छन्। उनले सम्बन्धित व्यक्ति र संस्थासँग जोडिएका व्यक्तिगत सम्पत्तिको स्रोत, आर्थिक कारोबार तथा सम्पत्ति आर्जनको आधारबारे छानबिन गर्नुपर्ने मागसमेत गरेकी छन्।

 

यद्यपि केसीले सार्वजनिक रूपमा उल्लेख गरेका आरोपहरूमाथि राधिका दासीले इन्कार गर्दै आफू अमेरिकाबाट नेपाल नआउँदासम्म दुस्प्रचार रोक्न आग्रह गरिरहेकी छिन् ।

 

यसअघि पनि राधिका दासीसँग सम्बन्धित विभिन्न आरोप–प्रत्यारोप सामाजिक सञ्जालमा चर्चामा आएका थिए। तर ती विषयमा अनुसन्धानको आधिकारिक निष्कर्ष सार्वजनिक भइसकेको छैन।