२०८३ जेठ ३१ गते
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी कम्पनीका सिईओ सुरेन्द्र थापा निलम्वनमा परेका छन् । थापाका विरुद्धमा नेपाल प्रहरीको सिआईबीले सम्पत्ति शुद्धिकरण कसुरमा बिशेष अदालतमा मुद्दा दायर गरेसँगै थापा निलम्वित भएका हुन् ।
मासिक लाखौं रुपैयाँ तलव खाएर आफ्नै कम्पनी डुबाउन बिर्चाैलिया तथा ब्यापारीसँग साँठगाँठ मिलाएर थापा चलखेलमा लागेका थिए ।
सिईओ थापाका विरुद्धमा सरकारी वकिलको कार्यालयले बयानको क्रममा भ्रष्टाचार र सेटिङका घटनाहरु थाहा छैन भन्दै पन्छिएर आफ्नो जिम्मेवारी र दायित्वभित्रको काममा समेत जवाफ नदिएको र अपराधका घटना लुकाउन खोजेको भन्दै अभियोजन गरेको पाइएको छ ।
सिईओ थापाले सुलभ अग्रवाल र दिपक भट्टसँग मिलेर नेपाल पुनर्बीमा कम्पनी डुबाउने गरी चलखेल गरेको आरोप समेत लगाउँदै निजले सम्पत्ति शुद्धिकरण निवारणमा कार्य गरेको आरोप लगाइएको छ ।
प्रतिक्रिया