आन्दोलनको नाममा लुटपाटमा संलग्न २६ जनालाई सेनाले गर्यो पक्राउ

२०८२ भदौ २५ गते

आन्दोलनको नाममा लुटपाटमा संलग्न २६ जनालाई सेनाले गर्यो पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका नाममा लुटपाट तथा अनावश्यक आगजनीमा संलग्न २६ जनालाई सेनाले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई नेपाली सेनाले प्रहरीको जिम्मा लगाएको छ। उनीहरु काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ परेका हुन्।

देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरिएको सेनाले जनाएको छ। 

Advertisement:

Ad
Ad

सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न पनि आग्रह गरेको छ।


काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जनालाई पक्राउ गरिएको सेनाले जनाएको छ।

भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, काठमाडौँको होटल हायात र बौद्ध क्षेत्रबाट पनि लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका सेनाले जनाएको छ।