२०८३ वैशाख १५ गते
काठमाडौं । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ गरेको छ । श्रेष्ठलाई आज वैशाख १५ गते काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नं। ५ बाट नियन्त्रणमा लिइएको हो ।
बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा संलग्न रहेको अभियोगमा ४६ वर्षीय श्रेष्ठ पक्राउ परेका हुन् ।नेपाल बीमा प्राधिकरणको आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनले कम्पनीमा गम्भीर अनियमितता भएको देखाएपछि प्राधिकरणले गत वैशाख ८ गते अनुसन्धानका लागि प्रहरीमा पत्राचार गरेको थियो ।
सोही प्रतिवेदनको निष्कर्ष र सुझावका आधारमा श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको हो । उक्त निरीक्षण प्रतिवेदनमा नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी समेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा ९१० को खण्ड ९छ० बमोजिमको कसूर भएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया