२०८३ वैशाख १७ गते
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न ८ वटा बिमा र पुनर्बिमा कम्पनीका संस्थापक शेयरधनीहरूले शेयर खरिदका क्रममा भुक्तानी गरेको थप शुल्क (प्रिमियम) को विवरण माग गरेको छ। विभागले एक सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूको संस्थापना कालमा भएको आर्थिक कारोबारबारे अनुसन्धान भइरहेको जनाएको छ।
विभागले विशेषगरी पछिल्लो समय लाइसेन्स प्राप्त गरेका लघु बिमा र पुनर्बिमा कम्पनीहरू नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लि।,गार्डियन माइक्रो लाइफ इन्सुरेन्स,क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स,लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स,प्रोटेक्टिभ इन्सुरेन्स कम्पनी,स्टार माइक्रो इन्सुरेन्स कम्पनी,ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी,हिमालयन रिइन्सुरेन्स रहेका छन् ।
नेपाल बिमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने समयमा ती कम्पनीहरूमा संस्थापक शेयर खरिद गरेका व्यक्ति तथा संस्थाहरूले चुक्ता पूँजीबाहेक अतिरिक्त शुल्क ९प्रिमियम० वापत बुझाएको रकमको विवरण विभागले मागेको हो। सूचनामा भनिएको छस्चुक्ता पूँजीबाहेक अतिरिक्त शुल्क ९प्रिमियम० वापत विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खातामा बुझाएको रकम, को(कस्को नाममा रहेको खातामा जम्मा गरिएको हो, खाता नम्बर र बैंकको नाम समेत खुल्ने गरी विवरण बुझाउनुपर्नेछ।ू
विभागले अनुसन्धान कार्यमा सहयोग गर्न आग्रह गर्दै सूचना प्रकाशित भएको मिति (२०८३/०१/१७) ले १५ दिनभित्र विभागको कार्यालयमा विवरण फरक नपर्ने गरी बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ।
बिमा कम्पनीहरूको अनुमति प्रक्रिया र संस्थापक शेयरधनीहरूको लगानीको स्रोतमाथि शंका लागेपछि विभागले यो कदम चालेको बुझिएको छ। तोकिएको समयभित्र विवरण नबुझाउने वा गलत विवरण दिनेहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढ्ने सङ्केत समेत विभागले दिएको छ।
प्रतिक्रिया