२०८२ भदौ २५ गते
काठमाडौं । जेनजी आन्दोलनका कारण मंगलबारदेखि बन्द रहेको त्रिभुवन विमानस्थल भर्खरैदेखि सुचारु भएको छ ।
नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै भनेको छ– हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिईमात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन हुन समेत अनुरोध छ ।”
विमानस्थल बन्द हुँदा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा अतयावश्यक परेका सेवाग्राही मर्कामा परेका थिए ।
प्रतिक्रिया