खराब मौसमका कारण आन्तरिक हवाई उडान बन्द

२०८२ असोज १८ गते

खराब मौसमका कारण आन्तरिक हवाई उडान बन्द

काठमाडौँ । निरन्तरको वर्षापछिको प्रतिकुल मौसमका कारण त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान बन्द भएका छन् । प्रतिकुल मौसम तथा खराब इनरुट वेदरका कारण काठमाडौं विमानस्थल २ घण्टाको लागि बन्द गरिएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिएका छन् ।

 

Advertisement:

Ad
Ad

आज बिहान विराटनगरबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाज खराब मौसमका कारण काठमाडौँ जान नसकेपछि पोखरामा आकस्मिक अवतरण गरिएको छ । देशभर परेको भारी वर्षाका कारण आएको पहिरोले अधिकांश मूख्य सडक मार्ग अवरुद्ध भएको छ भने हवाई मार्ग पनि बन्द हुन पुगेको हो । जिल्ला प्रशासन कार्यालय तथा टफिक प्रहरीले १८ गतेदेखि २० गतेसम्म लामो दुरीको यात्रामा नस्किन सुझाव दिएको छ ।