२०८२ भदौ २३ गते
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यू आदेश जारी गरेको छ । जेनजीले आयोजना गरेको प्रदर्शन उग्र बनेपछि कर्फ्यू आदेश जारी भएको हो ।
युवाहरु निषेधित घेरा तोडेर संसद भवन छिर्न खोजेपछि प्रहरीको आग्रहमा प्रशासनले १२.३० देखि राति १० बजेसम्म बानेश्वर पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,बानेश्वर चोकदेखि पूर्व मिनभवनसम्म शानितनगर हुँदै तीनकुने चोकसम्म,बानेश्वर चोकदेखि रत्नराज्य माध्यामिक विद्यालयसम्म र शंखमुल पुलसम्म निषेध गरिएको हो ।
प्रतिक्रिया