२०८३ मंसिर ०७ गते
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनपछि भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट ‘सरयू–कमला एक्सप्रेस’ जनकपुरधामका लागि प्रस्थान गर्नेछ।
नेपाल–भारतबीचको ऐतिहासिक रोटीबेटी सम्बन्धलाई धार्मिक रेल सेवाले थप मजबुत बनाउने अपेक्षा गरिएको छ। भगवान् रामको जन्मभूमि अयोध्या र माता जानकीको जन्मभूमि जनकपुरधामलाई रेलमार्गले जोड्दा दुई देशबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार अयोध्याबाट प्रस्थान गर्ने रेल मंगलबार बिहान सवा ९ बजे जनकपुरधाम आइपुग्ने तालिका छ। १७ डब्बा रहेको रेलमा एक हजारभन्दा बढी तीर्थयात्री आउने अनुमान गरिएको छ।
रेल्वे स्टेशनमा जनकपुरधामवासीको सहभागितामा तीर्थयात्रीलाई स्वागत गर्ने तयारी गरिएको पराजुलीले बताए। उनका अनुसार स्वागतका लागि सांस्कृतिक कार्यक्रमसहित आवश्यक व्यवस्थापन मिलाइएको छ।
प्रतिक्रिया