आज हैदराबाद हाउसमा ३६ वर्षे प्रधानमन्त्री शाह र ७६ वर्षे मोदीबीच भेटवार्ता हुँदै

२०८३ मंसिर ०७ गते

आज हैदराबाद हाउसमा ३६ वर्षे प्रधानमन्त्री शाह र ७६ वर्षे मोदीबीच भेटवार्ता हुँदै

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुनेभएको छ ।यो भेटलाई विशेष चासोका साथ हेरिनुमा ७६ वर्षे मोदीले उनको प्रधानमन्त्रीको कार्यकालमा आफूभन्दा दोब्बर कान्छो उमेर अर्थात ३६ वर्षे नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग समान हैसियतमा एक साथ वार्तामा देखिँदैछन् ।


दुई दिने भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली उत्रेका नेपालका प्रधानमन्त्री बालेनको भ्रमणको मुख्य कार्यसूची नै मोदीसँगको शिष्टाचार, संवाद र सहमतिमा केन्द्रित हुनेछ ।

Advertisement:

Ad

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ः०० बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटवार्तापछि महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने जनाइएको छ । आजै प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा केही आयोजना उद्घाटन गर्नेछन् । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । यस्तै, प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन्।

यस्तै, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसअघि आज बिहान प्रधानमन्त्री शाह राजघाट पुगी महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्म रहेको छ ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्च पदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी रहेका छन् ।

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमण पूरा गरी आजै स्वदेश फर्कने कार्यतालिका छ ।