२०८२ भदौ २४ गते
काठमाडौं । सोमबारको जेनजी आन्दोलनको ठूलो क्षतिको बावजुद मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरु बिहानैदेखि भेला हुन थालेका छन् ।
१९ जनाको मृत्यु हुने गरी सोमबार विशल प्रदर्शन भएको थियो । जेनजीले प्रदर्शनलाई निरन्तरता दिने र आन्दोलनलाई सफल नपारी नछाड्ने सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।यता स्थानीय प्रशासनले भने कर्फ्यू आदेश जारी गर्दै भेला हुन निषेध गरेको छ । जेनजीको उपस्थिती हेर्दा आज मंगलबार पनि प्रदर्शन जारी राख्ने जेनजी प्रदर्शनकारीहरुले संकेत देखिएको छ ।
प्रतिक्रिया