कैलाली चिसापानीमा बन्दै गरेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने

२०८३ वैशाख ३१ गते

कैलाली चिसापानीमा बन्दै गरेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने

काठमाडौँ । सुदूरपश्चिमको कैलाली चिसापानीमा आइएमई समूहद्वारा निर्माणाधीन जालपादेवी केबलकार आगामी दुई महिनाभित्र  सञ्चालनमा आउने भएको छ । आईएमई गु्रपका अध्यक्ष चन्द्र्प्रसाद ढकालले अबको दुई महिनामा केबलकार सञ्चालनमा ल्याउने गरी काम अघि बढेको जानकारी दिएका हुन् ।

 

Advertisement:

Ad
Ad

कैलालीको चिसापानीदेखि राजकाँडा जोड्ने ३.१ किमि लामो यो केबलकार सुदूरपश्चिमको पर्यटन विकासका लागि नयाँ आकर्षण केन्द्र बन्ने अपेक्षा गरिएको छ। बटम स्टेशनदेखि टप स्टेशनसम्म निर्माण हुने होटल, रिसोर्ट, स्काई वाक, मन्दिर, पार्क लगायतका पूर्वाधारले यस क्षेत्रलाई एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नेछ।


चन्द्र ढकालले भने,निजी क्षेत्रले जिम्मा लिएका परियोजनाहरू तोकिएको समय, बजेट र गुणस्तरमा सम्पन्न गर्न सक्छ भन्ने यो आयोजनाले फेरि एक पटक प्रमाणित गर्दैछ। नेपालमा पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्न सके मात्र पर्यटकको संख्या बढाउन, बसाइ लम्ब्याउन, खर्च बढाउन र स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारी सिर्जनामार्फत अर्थतन्त्रलाई मजबुत बनाउन सकिन्छ।'