हिमालयन एभरेस्ट इन्स्योरेन्सले गर्यो जेनजी आन्दोलनका पीडित बीमितलाई झण्डै २२ करोड भुक्तानी

२०८२ असोज २१ गते

हिमालयन एभरेस्ट इन्स्योरेन्सले गर्यो जेनजी आन्दोलनका पीडित बीमितलाई  झण्डै २२ करोड भुक्तानी

काठमाडौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको दाबी भुक्तानी दिन थालेको छ । कम्पनीले हालसम्म क्षतिपूर्ति दाबी गरिएका २८७ वटा दाबीमध्ये २४५ वटा दाबीको एक्काईस करोड चौहत्तर लाख पैंतालिस हजार आठ सय एकतिस रुपैंया० भुक्तानी गरेको जनाएको छ । उक्त दाबी भुक्तानी रकम जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको अग्रिम तथा अन्तिम दाबी भुक्तानी बापत रहेको कम्पनीको भनाई छ । 

 

Advertisement:

Ad
Ad

नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिवद्ध रहेको विभाग प्रमुख रोज राज लुइटेलले बताएका छन् ।  साथै, उच्च प्राथमिकताका साथ भई रहेको दाबी भुक्तानी दशैं बिदापछि २१ गते मंगलबारबाट पुनस् यथावत हुने कम्पनीले जनाएको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै, बीमित ग्राहकको सुविधा र आर्थिक राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो । यस प्रयासले बीमितलाई विषम परिस्थितिमा आर्थिक राहत र संरक्षण सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको उल्लेख गरेको छ।

 

 यसका साथै, हिमालयन एभरेष्टमार्फत बीमा भई क्षतिपूर्तिको दावी भुक्तानी बाँकि रहेका बिमितहरुलाई आवश्यक कागजात र प्रक्रिया पुर्‍याइ आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।