२०८२ भदौ १७ गते
काठमाडौँ । काठमाडौँ गंगबुको एक घरमा प्रहरीले छापा मारेर लुकाएर राखिएको झन्डै ४ करोड रुपैयाँ र सुनचाँदीको गरगहना बरामद गरेको छ। गोरखाका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मारेको हो। प्रहरीका अनुसार उक्त घर पनि उनै श्रेष्ठको हो।
भन्सार छलेर ल्याइएका गरगहनाको भण्डारण र त्यसको विक्रीबाट आएको रकम हुनसक्ने प्रहरीले अनुमान गरेको छ । अहिले घटनास्थलमा काठमाडौँ प्रहरी प्रमुखको टोलीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया