यो गठबन्धन पूरा समय टिक्छ,समस्या भए मिलाएर जान्छौँ : शेरबहादुर देउवा

२०८२ असार २३ गते

यो गठबन्धन पूरा समय टिक्छ,समस्या भए मिलाएर जान्छौँ : शेरबहादुर देउवा

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेको गठबन्धन सरकार पूरा समय चल्ने बताएका छन् ।कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको सोमबार समापन गर्दै देउवाले दुई ठूला दलबीच गठबन्धन भएकाले समस्या आउने तर त्यसलाई समाधान गरेर लैजाने बताए ।

 

Advertisement:

Ad
Ad

‘यो गठबन्धन पूरा–पूरा समयसम्म जान्छ, हामीसँग समस्याहरू भएमा मिलाएर जान्छौँ,’ उनले भने ।देउवाले संविधान संशोधनको विषयलाई सरकारले अघि बढाउने विश्वास दिलाए । कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रधानमन्त्री र मन्त्रीको कार्यशैलीका विषयमा अधिकांश सदस्यहरूले धारणा राखेका थिए ।

 

देउवाले सरकारका विषयमा सदस्यहरूले राखेका धारणाका विषयमा कुनै जवाफ नदिइ गठबन्धन पूरा समय टिक्ने बताएका हुन् ।