काठमाडौँबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २९ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर

२०८२ असार २९ गते

काठमाडौँबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २९ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर

काठमाडौँ। काठमाडौँबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीका अनुसार काठमाडौँदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो ।

Advertisement:

Ad
Ad

लु।प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक चुदांलीको भनाइ छ ।