जन्मदिन मनाउने भन्दै सडकमै केक काट्ने र होहल्ला गरेपछि गुण्डा नाइके चक्रे मिलन पक्राउ

२०८२ साउन १६ गते

जन्मदिन मनाउने भन्दै सडकमै केक काट्ने र होहल्ला गरेपछि गुण्डा नाइके चक्रे मिलन पक्राउ

काठमाडौँ

जन्मदिन मनाउने भन्दै सडकमै केक काट्ने र होहल्ला गरेपछि गुण्डा नाइके चक्रे मिलन पक्राउ
काठमाडौँ । गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना काठमाडौंको एक होटलबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगन्जको शाम्बाला होटलबाट गएराति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Advertisement:

Ad
Ad

चक्रे मिलनले जन्मदिन मनाउने नाममा होहल्ला गरेर सडकमै केक काटेका थिए । सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको प्रहरीको भनाइ छ । उनको समूहले बिहीबार दिनभर अन्य सवारी आवागमनमा असर पुर्‍याउँदै आतंकित पार्ने गरी सवारीका लावा लस्करसहित हिँडेका थिए।

पक्राउ परेका सबैलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।