२०८२ साउन २५ गते
काठमाडौँ । क्यानाडाली अर्थतन्त्रले जुलाईमा दश हजार बढी रोजगारी गुमाएको छ । जसले गर्दा रोजगारी प्राप्त गर्ने मानिसहरूको हिस्सा आठ महिनाकै न्यून बिन्दुमा पुगेको छ ।
क्यानाडाको श्रम मन्त्रालयका अनुसार जुन महिनामा ८३ हजार रोजगारी थपिएको थियो यद्यपि ट्रम्पको विविध कर नीतिले जुलाईमा अर्थतन्त्रले ४०,८०० रोजगारी घटाएको छ। यसले रोजगारी दर, वा कुल काम गर्ने उमेर समूहको जनसंख्यामध्ये रोजगारीमा रहेका मानिसहरूको प्रतिशत ६०।७ प्रतिशत पुगेको तथ्याङ्क क्यानडाले गएको शुक्रबार सार्वजनिक गरेको हो । भने रोयटर्सले गरेको सर्वेक्षणमा सहभागी विश्लेषकहरूले भने अर्थतन्त्रले १३हजार ५ सय रोजगारी थप्ने र बेरोजगारी दर ७ प्रतिशतसम्म पुग्ने अनुमान गरेका थिए।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील, आल्मुनियम र कारहरूमा लगाएको क्षेत्रगत शुल्कले उत्पादन क्षेत्रलाई नराम्रो असर पारेको छ र कम्पनीहरूको भर्ना गर्ने मनसाय घटाएको बैंक अफ क्यानडाले बताएको छ। स्टील, आल्मुनियम र कार निर्माणसँग सम्बन्धित क्षेत्रहरूले कर्मचारी कटौती गरेपछि जुलाईमा उत्पादन क्षेत्रमा कार्यरत मानिसहरूको संख्या लगभग १०,००० ले घटेको छ ।
क्यानडाका लागि युनाइटेड स्टीलवर्कर्सका राष्ट्रिय निर्देशक मार्टी वारेनले रोयटर्सलाई बताएअनुसार लगभग १,००० कामदारहरुलाई बर्खास्त गरिएको छ।अक्सफोर्ड इकोनोमिक्सको डेभेनपोर्टले आगामी महिनाहरूमा थप कर्मचारी कटौतीको भविष्यवाणी गरेको छ, जसले गर्दा यस वर्षको अन्त्यतिर लगभग १ लाख ४० हजारले जागिर गुमाउने र बेरोजगारी दर ७ प्रतिशतको दायरामा पुग्ने अनुमान गरिएको छ।
जुलाईमा सबैभन्दा धेरै रोजगारी गुमाउनेहरू १५ देखि २४ वर्ष उमेर समूहका कामदारहरू थिए । उक्त उमेर समूहको बेरोजगारी दर १४।६ प्रतिशतमा पुगेको छ, जुन २०२० र २०२१ को विश्वव्यापी कोरोना महामारी पछिको उच्चतम हो।
प्रतिक्रिया