२०८२ भदौ २१ गते
काठमाडौं । एमालेको विधान महाधिवेशनमा फरक मत पेश गर्न लागेका स्थायी कमिटी सदस्य कर्ण थापालाई अध्यक्ष केपी शर्मा ओलीले रोक लगाएका छन् ।
गोदावरीमा जारी विधान महाधिवेशनको दोस्रो दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने पार्टीको निर्णयमाथि असहमति सहित फरक मत राख्ने नेता कर्ण थापाको तयारीमा ओलीले रोक लगाएका हुन् । अध्यक्ष ओलीले हलमा पेश गर्नु पर्दैन समूहमा जानुस् भन्दै रोकेका थिए । त्यसपछि थापाको प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको थियो।अध्यक्ष ओलीले आफू र कर्ण थापाबीच केही दिनअघि ३ घण्टा थापा र आफूबीच वान टु वान कुरा भइसकेको तर आफूलाई थापाले कन्भिन्स गर्न नसकेको ओलीले सभामा बताएका थिए ।
सभामा बोल्न नदिइएपछि थापा केही बेर उभिईरहे । बाचन गर्न नपाएपछि बस्न बाध्य भए । थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने, ७० वर्षे उमेर हद हटाउने लगायतका प्रावधानमा फरक मत राख्दै आएका छन् ।
प्रतिक्रिया