२०८३ वैशाख २९ गते
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज चालु आवको नौ महिनाको विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार मुलुकको विदेशी विनिमय सञ्चिति ३० दशमलव पाँच प्रतिशतले वृद्धि भई गत चैत मसान्तमा ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।यो रकम
गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको हिसावले अहिले ३० दशमलव पाँच प्रतिशतले वृद्धि हुन गएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा गत चैत मसान्तमा २० दशमलव आठ प्रतिशतले वृद्धि भई २३ अर्ब ५५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति गत असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा गत चैत मसान्तमा २७ दशमलव सात प्रतिशतले वृद्धि भई ३० खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा गत चैत मसान्तमा ५६ दशमलव आठ प्रतिशतले वृद्धि भई चार खर्ब १२ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ ।
चालु आवको नौ महिनासम्मको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१ दशमलव आठ महिनाको वस्तु आयात र १८ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
प्रतिक्रिया