आज वार्तामा बस्दै जेनजी, को-को हुनेछन् वार्तामा ?

२०८२ भदौ २५ गते

आज वार्तामा बस्दै जेनजी, को-को हुनेछन् वार्तामा ?

काठमाडौं । जेनजीको प्रदर्शनपछि समस्या समाधानका लागि आज वार्ता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुन लागेको हो । 

नेपाली सेनाले गरेको आग्रह र राष्ट्रपति पौडेलले गरेको अपिलपछि आज औपचारिक वार्ता हुन लागेको हो । प्रधानसेनापति अशोकराज सिक्देल र राष्ट्रपति पौडेलले वार्ताका लागि बुधबार अपिल गरेका थिए । 

Advertisement:

Ad
Ad

उक्त अपिलसँगै जेनजीका प्रतिनिधि पनि वार्तामा बस्न तयार भएका हुन् । वार्तामा नयाँ नागरिक सरकार गठनलगायत विषयमा छलफल हुने स्रोतले बताएको छ । जेनजीले नयाँ राजनीतिक समिकरणको नेतृत्व बालेन साहलाई लिन आग्रह गरेको बुझिएको छ । यद्यपि यस विषयमा बालेनले भने मुख खोलिसकेका छैनन् ।

त्यससँगै नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्ति सन्दुक रुइत, पूर्व प्रधानन्याधिस सुशिला कार्की, कुलमान घिसिङ जस्ता व्यक्तिहरुलाई सरकारमा सामेल गर्न आग्रह गर्ने बुझिएको छ । 

स्रोतका अनुसार नेपाली सेनाले वार्ताको व्यवस्था मिलाएको छ ।