राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जना सेनाको नियन्त्रणमा

२०८२ भदौ २५ गते

राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जना सेनाको नियन्त्रणमा

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरेको छ । मंगलबार राति काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिलाई सेनाले पक्राउ गरेको हो ।


पछिल्लो परिस्थितिको अनुचित फाइदा उठाई बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको जनाइएको छ । नेपाली सेनाले कहिँ कतै अराजक या विध्वंसात्मक गतिविधि गरेको देखिएमा सर्वसाधारणलाई तत्काल फोन गर्न नम्वर समेत दिएको छ  । सेनाले जारी गरेको सुरक्षा अपडेटमा सर्वसाधारणलाई निम्न चारवटा सन्देश दिएको छः

Advertisement:

Ad
Ad

कतै विध्वंसात्मक तथा अराजक गतिविधि देखिएमा तत्काल मोबाइल नम्बर ९८६३०२९०२९ मा ह्वाट्सएप वा भाइबरमा एसएमएस पठाई सहयोग  माग्नसमेत सेनाले अनुरोध गरेको छ।