२०८३ मंसिर ०१ गते
काठमाडौं । नबिल बैंक बैंकिङ क्षेत्रतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ। बैंकले राज्यलाई बुझाएको आयकरका आधारमा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो करदाता बैंकको पहिचान बनाएको हो।
आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा सार्वजनिक गरेको उत्कृष्ट करदाताको सूचीअनुसार नबिल बैंक बैंकिङ क्षेत्रको सर्वाधिक आयकर दाखिला गर्ने बैंकका रूपमा सम्मानित भएको हो। बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो। यो सम्मान बैंकले नवौँ पटक प्राप्त गरेको हो।
मंसिर १ गते आयोजित राष्ट्रिय कर दिवस विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरेका थिए। बैंकका अध्यक्ष निरवाणकुमार चौधरीले बैंकका तर्फबाट सम्मान ग्रहण गरेका थिए।
नबिल बैंकले यस सम्मानलाई संस्थागत सुशासन, पारदर्शी व्यावसायिक अभ्यास र जिम्मेवार बैंकिङको उपलब्धिका रूपमा लिएको जनाएको छ।
प्रतिक्रिया