आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

२०८२ साउन २५ गते

आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । पशुपति आर्यघाटमा शव जलाउने क्रममा हड्डी निकालेको आरोपमा दुई जना पक्राउ परेका छन्। मृतकका आफन्तको जाहेरीपछि गौशाला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको हो। 

 

Advertisement:

Ad
Ad

पक्राउ परेकाहरू आर्यघाटमा शव व्यवस्थापनमा संलग्न थिए। काठमाडौँ प्रहरीका अनुसार हड्डी वास्तवमै निकालिएको हो कि होइन, र बेचबिखन भएको हो कि भन्नेबारे अनुसन्धान जारी छ।कसुर प्रमाणित भए उनीहरुलाई कारबाही हुने प्रहरीले जनाएको छ  ।