अमेरिकाले डिपोर्ट गरेका १९ नेपाली आइपुगे काठमाडौँ

२०८२ भदौ २० गते

अमेरिकाले डिपोर्ट गरेका १९ नेपाली आइपुगे काठमाडौँ

काठमाडौँ ।  संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली हिजो साँझ काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् ।


उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

Advertisement:

Ad
Ad

यसअघि अमेरिकाले २०८१ फागुन २१ गते ७ पुरुष र १ महिलासहित ८ जनालाई चार्टर विमानमार्फत नेपाल पठाएको थियो ।

त्यस्तै जेठ २४ गते ३२ पुरुष र ५ महिला गरेर ३७ जना नेपालीलाई अमेरिकाले पठाएको थियो । यसका अलवा डिपोर्ट भएका १७० जना भने नियमित उडानमार्फत नेपाल आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मे मा ५८, जुनमा ४२, जुलाइमा १७ र अगस्तमा १६ नेपाली डिपोर्ट भइ नेपाल फर्किसकेका छन् । डिपोर्ट भएकामध्ये १९७ पुरुष छन् भने १८ महिला छन् ।