दशैं आउन १५ दिन बाँकी हुँदापनि खुलेन अग्रिम बस टिकट बुकिङ

२०८२ भदौ २३ गते

दशैं आउन १५ दिन बाँकी हुँदापनि खुलेन अग्रिम बस टिकट बुकिङ

काठमाडौँ । नेपालीहरुको महान चाड दशैं आउन अब केवल १५ दिन पनि बाँकी नहुँदा लामो दुरीको अग्रिम टिकट बुकिङ खुल्न सकेको छैन । टिकट बुकिङ नखुल्दा आफ्नो घर जान खोजेका यात्रु अन्यौलमा रहेका छन् ।

 

Advertisement:

Ad
Ad

यातायात व्यवसायीहरुले भने भाडा समायोजन नभएकाले टिकट बुकिङ खुल्न ढिलाई भइरहेको बताएका छन् । यद्यपि उनीहरुले भाडा समायोजन गर्नुपर्ने माग राखेपनि बाढीपहिरोका कारण देशका विभिन्न ग्रामीण क्षेत्रका बाटो र पुलहरूमा ठूलो क्षति पुगेको तथा मनसुन अझै सक्रिय रहेको र मौसमविद्हरूले समेत यसको निरन्तरता रहने बताएकाले तत्काल गर्न समस्या भएको बताउँदै आएका छन् ।

 

यात्रु सुविधाका लागि यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायी, ट्राफिक प्रहरी लगायत सम्बन्धित पक्षसँग परामर्श गरी देशभरिका सार्वजनिक बसहरूको अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउँदै आएको छ ।यस वर्ष भने विभागले समन्वय गर्न सकेको छैन ।