रवि लामिछानेलाई थुनामै पठाउने आदेश

२०८२ साउन २६ गते

रवि लामिछानेलाई थुनामै पठाउने आदेश

काठमाडौँ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई अदालतले थुनामै पठाउने आदेश दिएको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो ।जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो ।

Advertisement:

Ad
Ad

आफूलाई थुनामुक्त गर्न माग गर्दै रविले यही साउन १९ गते जिल्ला अदालतमा निवेदन दिएका थिए । निवेदनसँगै उनले २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बैंक जमानत पनि पेस गरेका थिए । रविले दिएको निवेदनका आधारमा भएको सुनुवाइपछि न्यायाधीश सापकोटाले थुनामुक्त गर्न नसकिने आदेश गरेका हुन् ।