प्रकाश सपुतले भाईहरुलाई भने,'आन्दोलनलाई सघाउनु यिनिहरु नगलेसम्म नथाक्नु'

२०८२ भदौ २२ गते

प्रकाश सपुतले भाईहरुलाई भने,'आन्दोलनलाई सघाउनु यिनिहरु नगलेसम्म नथाक्नु'

काठमाडौँ । गायक प्रकाश सपुतले आफ्ना भाईहरुलाई भोलि हुने जेनजीको आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् । उनले पटकपटक व्यवस्था परिवर्तनका लागि उत्रिँदै आएपनि अवस्थामा कुनै परिवर्तन नआएको इंगित गर्दै एक पटक फेरी आन्दोलनमा सहभागी हुन भाईहरुलाई आग्रह गरेका हुन् ।

 

Advertisement:

Ad
Ad

उनले लेखेका छन्,' तिमीहरुको अनुहारमा प्रष्ट देखिने अन्योल भविष्यको चिन्ताले नै धेरै थोक  बोलिसकेको हुनेछ । आँखामा प्रश्न लिएर समूहमा चुपचाप उभिनु पनि आन्दोलन हो ।भोली हुने तिम्रो पुस्ताको नयाँ स्वरुपको आन्दोलन हेर्न म निकै उत्साहित छु । किनकि हाम्रो पुस्ताले पनि जीवनमा थुप्रै आन्दोलन गर्यौ अझ भनौ, युद्द नै भोग्यौ । त्यो आन्दोलनको नेतृत्व गरेकाहरुलाई खत्रै मान्यौ ।'

यस्तो छ सपुतले लेखेको फेसबुक स्ट्याटस- व्यवस्था फेरेर तिनैलाई  विश्वास गरेर पठायौ । गर्लान नि भन्ने आशा गर्यौ ।तर।। छोड़  यार अब यो कथा धेरै रिपिट भयो । उनीहरुले आफ्नो योगदान भन्दा बढि फाईदा लिइ सके । 
जे होस भोली तिमीहरु जानु । मैले तिमीहरुको ख़ातामा २५/२५ हज़ार रुपैया पठाईदिएको छु । जुन गत महिना युटुबबाट कर काटेर आएको थियो । थाहा छैन अब आउछ कि आउदैन !

 

अँ, त्यो पैसा ले पानी किनेर बाँड्नु र भन्नु साथीहरुलाई“हाईड्रेड रहनु , संयमित रहनु, एकै पटकमा नथाक्नु ।”किनकि आफ्नै नेतृत्वमा आन्दोलन गरेर ठाउँमा पुगे पछि  जनताको आवाज र आन्दोलन दबाउन सक्नेहरुले एक्कै पटकमा मान्ने छैनन्, बुझ्ने छैनन् र गल्ने छैनन् । यिनीहरुलाई बुझाउन र गलाउन तिमीहरु पटक-पटक संगै उभिनु पर्नेछ ।यसपाली उनीहरुलाई जेन जी को सांकेतिक प्रर्दशनले गहिरो महुशुस होस् कि समय धेरै अगाडि गइसकेछ ।आजको गतिशील दुनियाँमा हामी र हाम्रो देशलाई कति पछाडि पारिसकेछौ । 

भोली तिमीहरु जानु र सुरक्षित फर्किनु साझ घरमा परिवार कुरिरहको हुनेछ !