इप्पानले 'पावर समिट २०२५' को आयोजना गर्दै
नेपालको ऊर्जा क्षेत्रको भविष्यलाई मार्गदर्शन गर्ने उद्देश्यले पावर समिट २०२५ आगामी असोज १ र २ गते काठमाडौंमा आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को आयोजनामा हुने यस अन्तर्राष्ट्रिय सम्मेलनले ‘Mission 28,500 MW: Powering Nepal, Energizing Region’ भन्ने नाराका साथ ऊर्जा उत्पादन, नीतिगत बहस र क्षेत्रीय व्यापारका सम्भावनाहरूमा गहन छलफल गर्नेछ।
२०८२ असार १९ गते