एमाले निकट विद्यार्थी संगठन अखिलले बालेन साह र सुदनविरुद्ध देशै भरी जाहेरी दिने

२०८२ असोज २२ गते

एमाले निकट विद्यार्थी संगठन अखिलले बालेन साह र सुदनविरुद्ध देशै भरी जाहेरी दिने

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र जेनजी आन्दालनलाई नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका सुदन गुरुङविरुद्ध देशैभरीका प्रहरी कार्यालयमा जाहेरी दिने भएको छ  ।  


जेनजी आन्दोलनको क्रममा देशैभरीका सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र गुरुङविरुद्ध देशैभरका जिल्ला प्रहरी कार्यालयमा आजदेखि जोहरी दिन लागेको अखिलका महासचिव दीपक धामीले बताएका छन् । 

Advertisement:

Ad
Ad

यसअघि मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएको थियो । तर अखिलको जाहेरी दार्ता भएको छैन ।