मध्यपहाडी लोकमार्गको सडक धसियो, धसिएको भाग माटोले छोपेको आरोप
पुष्पलाल लोकमार्ग अन्तर्गत रामेछापको सुनापति गाउँपालिका–४ बेथानको च्याँडी पाखामा निर्माणाधीन सडक धसिएको छ । च्याँडीको अक्कर भीरमा पिच गरिएको झण्डै ३० मिटर सडक भासिएको स्थानीयले बताएका छन् । सो सडकमा कालोपत्रेको काम सकिने बित्तिकै माथिबाट आएको पहिरोले सडकमा क्षति पुगेको हो ।