न्यायको पर्खाइमा दोरम्बा हत्याकाण्डका पीडित परिवार
रामेछाप । २०६० साल साउन ३२ गते दोरम्बाको खरिढुंगामा नेपाली सेनाले माओवादीका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर डाँडाकटेरीमा लगेर बीभत्स हत्या गर्यो। सामूहिक हत्या गरेको २२ वर्ष भयो, तर पीडित परिवारले अहिलेसम्म न्याय पाएको छैन । दोरम्बा घटनामा २१ जनाको हत्या भएको थियो । जसमध्ये १९ जनाको एकै ठाउँमा सामूहिक हत्या भएको थियो भने दुई जना घटनास्थलमा मानै मारिएका थिए ।
२०८२ भदौ ०१ गते