२०८२ मंसिर ०३ गते
काठमाडौ । बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली बारा जान लागेको खबर सार्वजनिक भएसँगै सिमरा एयरपोर्ट आसपासको क्षेत्र तनावग्रस्त बनेको छ ।
यो सँगै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरिसकेको छ । नेताहरु बारा नपुग्दै स्थानीय युवा र एमाले कार्यकर्ताहरुबीच सिमरा बजारमा झडप भएको थियो । आज दिउसो साढे १२ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यू आदेश जारी भएको सुचना जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक गरेको छ ।
जितपुर सिमारा उपमहानगरपालिका भित्र नारा, जुलुस गर्न, भेला हुन तथा आवत जावत गर्न रोक लगाइएको छ । साथै सिमारा बिमानस्थल पनि बन्द गरिएको छ ।
प्रतिक्रिया