काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजारमा गिरावट आएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा १० दशमलव १४ अंकको गिरावट आएको हो । नेप्सेमा १० अंकको गिरावटसँगै बजार २७ सय ४ दशमलव ७० को बिन्दुमा रोकिएको छ । आज ८५ कम्पनी नाफामा जाँदा १४५ कम्पनी घाटामा गएका छन् ।
आज दिनभरिमा ३३१ कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयरं कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले। ९ दशलमव ८६ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्त वित्तीय वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव ६३ प्रतिशतका दरले गुमाएका हुन् । आज ८ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ०।२१ प्रतिशत, विकास बैंक समूहको ०।९२ प्रतिशतले शेयर मूल्य घटेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !