काठमाडौँ ।
पूर्वविशिष्ट पदाधिकारीलाई दिइने सेवा सुविधाबारे गृहमन्त्रीले भने राज्यकोषलाई भार नपर्ने गरी कानुन बनाउँदै छौँ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे संसद्लाई स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बैठकको आकस्मिक, शून्य र विशेष ससमयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै गृहमन्त्री लेखकले राज्य कोषमा अनावश्यक भार नपर्ने गरी पूर्व विशिष्टहरूलाई सुविधा दिने कानुन बनाउन लागिएको जानकारी गराए।
गृहमन्त्री लेखकले विधेयक निर्माणको प्रारम्भिक कार्य सुरुआत भएको जानकारी गराउँदै सर्वोच्च अदालत, महालेखा परीक्षकको कार्यालय र संसद्को समितिले दिएको निर्देशनलाई पालना गरी कानुन बनाउने तयारी अगाडि बढाएको बताए ।
गृहमन्त्री लेखकले पूर्वविशिष्टहरूले सरकारले बनाएको कानुनका आधारमा सेवा सुविधा लिइरहेको जानकारी गराउँदै संसदबाट कानुन बनाएर सेवा सुविधा दिनका लागि तयारी थालिएको पनि स्पष्ट पारे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !