काठमाडौँ । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।
मङ्सिर १८ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । बैठकले आव २०७९/८० को वित्तीय विवरण पारित गर्दै कायम रहेको वितरणयोग्य मूनाफा नबाँडी सञ्चित गर्ने जनाएको छ । सोही निर्णय नेपाल बीमा प्राधिकरण समक्ष पेश गरि साधारणसभा स्वीकृतिका लैजाने पनि कम्पनीले जनाएको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । लघुवित्तले आव २०७७/७८ मा १५.७९ प्रतिशत र आव २०७८/७९ मा पनि समान १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !